प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी

काठमाडौँ, ३० बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन् । उनले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताएका हुन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले नेपालले छिमेकसँग सन्तुलित सम्बन्ध कायम गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्