हुनै लागेको बालविवाह रोकियो

हुनै लागेको बालविवाह रोकियो

महोत्तरी, ३० वैशाख । दुलहीले नै विवाह मञ्जुर नगरेपछि आइतबार महोत्तरीमा बालविवाह रोकिएको छ । जलेश्वर नगरपालिका–९, परिकौलीका २७ वर्षका गणेश चौधरी र महोत्तरी गाँउपालिका–४, का १७ वर्षका रागिनीकुमारी चौधरीबीच हुन लागेको बालविवाह प्रहरीले रोकेको छ ।

स्थानीय महादेव मन्दिरमा विवाहको सम्पूर्ण तयारी भइसकेको अन्तिम समयमा आएर केटीले विवाह अस्वीकार गरेको खबर प्रहरीमा पुगेको र त्यसै सूचनाको आधारमा विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले दिएको जानकारी अनुसार दुल्ही रागिनीले नै विवाह मञ्जुर नगरेको खबर प्रहरीमा आएपछि प्रहरीले घटानास्थल पुगेर विवाह रोकेको हो । विवाह रोक्का भएपछि दुलाहा र दुलहीलाई उनीहरुकै अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कडायतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्