बैशाख मै पहिरो गयो, पहिरोले पाल्पा–बुटवल सडक अबरुद्ध,म्याग्दीमा चार घर पुरियो

<span class='c1'>बैशाख मै  पहिरो गयो, पहिरोले</span> <span class='c2'>पाल्पा–बुटवल सडक अबरुद्ध,म्याग्दीमा चार घर पुरियो</span>

वुटवल, ३१ बैशाख ।
बर्षासँगै आएको पहिरोका कारण बुटवल–पाल्पा सडक खण्डमा पहिरो गएको छ । पहिरोका कारण बिहानैदेखि बुटवलबाट पाल्पा तथा पहाडी जिल्लामा जाने यातायातका साधनहरु चल्न सकेका छैनन । राति १ बजेबाट पहिरोको कारण दोभान–बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्ध बनेको हो । सडक अबरुद हुदा यात्रुहरु बाटोमै अलपत्र परेका छन । पहिरो हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सडक अवरुद्ध हुँदा पाल्पा– गुल्मी, स्याङजा –पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन् । बिहान सात बजेदेखि पहिरो हटाउन थालिएको पाल्पा प्रहरीले जनाएको छ । पहिरो हटाउन पाल्पाको झुमसाबाट डोजर लगिएको र अबको तीन चार घण्टामा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपलिका २ भुरुङ तातोपानी बजारमा पहिरोले चारवटा घर पुरेको छ । बेनी जोमसोज सडकखण्डमा खसेको लेदो सहितको पहिरोले चारवटा घर पुरेको म्याग्दी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अरु १२– १३ घरमा पनि पहिरोले क्षति पुर्याएको छ । हिजो बेलुकी ५ बजेतिर भेलसहितको पहिरो बस्तीमा खसेको हो । भेल बग्न थालेपछि बस्तीका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । अहिले  डोजर लगाएर भेल तर्काउने काम भइरहेकोले जोखिम नरहेको प्रहरीले जनाएको छ ।आइतबार रातिको झरीका कारण पहिरो जाँदा ठाउँ – ठाउँमा गाडीको आवागमन प्रभावित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्