मन्थलीमा बाढी , सात जना विद्यार्थीलाई बगायो

<span class='c1'>मन्थलीमा बाढी , सात</span> <span class='c2'>जना विद्यार्थीलाई बगायो</span>

रामेछाप, ३१ वैशाख ।  आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थली बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ । कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा बाढीले असर पुगेको छ ।

बसपार्कमा आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले पुरिएका छन् । बाढीले सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार थालेका थिए ।

अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ । तर सहज आवागमन भएको छैन । सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन् । यसैबीच, एघार कक्षाको परीक्षा दिन आएका ७ जना विद्यार्थीलाई बाढीले बगाएको छ । बाढीले बगाएका मध्ये ६ जनाको उद्दार गरिएको छ। एक जना अझै हराई रहेका छन् ।

मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनको खोजी कार्य जारी छ । बाढीले बगाएका कारण उनीहरु परीक्षा दिन नसकेर फर्केको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्