‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध

<span class='c1'>‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र</span> <span class='c2'>दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध</span>

देवबहादुर कुँवर

काठमाडौँ, वैशाख ३१ गते । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने पर्यटकको पर्स र सुनका गहना लुटिन थालेपछि अपराध नियन्त्रण गर्न स्थानीय प्रहरीसँगको सहकार्यमा रात्रिकालीन सुरक्षागस्तीको व्यवस्था गरिएको बताउनुभयो ।
‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई कुटपिट गरेर लुटपाट गर्न थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरेका हौं, उहाँले स्पष्ट पार्नुभयो । दुई हप्ताअघिबाट यस्तो अभियान सञ्चालन गरेको जानकारी पनि उहाँले दिनुभयो ।

युवतीको भेषमा समूह बनाएर ठमेल र दरबारमार्ग आउने तेस्रो लिङ्गीले हप्तामा दुई÷तीन दिन लुटपाट र पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँले दरबारमार्ग क्षेत्रमा तेस्रो लिङ्गीको समस्या निकै चुनौतीपूर्ण रहेको समेत बताउनुभयो । अपराधमा संलग्नलाई पक्राउ गरी हिरासतमा राखे कपडा खोलेर नाङ्गो बसिदिने भएकाले समस्या झन थपिएको प्रहरीको आरोप छ ।
ठमेल र दरबारमार्गका पर्यटन व्यवसायीसँग सहकार्य गरी तेस्रो लिङ्गीलाई सडकमा आउन नदिन राति नौ बजेदेखि १२ बजेसम्म गस्ती हुने गरेको छ । यतिबेला पर्यटक आगमनको ‘सिजन’ भएकाले पनि बाह्य पर्यटकको सुरक्षाका लागि गस्ती गर्नुपरेको परिषद्का अध्यक्ष गुरुङले बताउनुभयो ।
दरबारमार्ग प्रहरी वृत्तका प्रमुख मल्लले प्रत्येक दुई दिनमा तेस्रो लिङ्गीको संलग्नतामा पकेटमारी, लुटपाट र कुटपिट हुने गरेको बताउनुभयो । राजधानीका ठमेल, दरबारमार्ग, गोंगबु, नयाँ बसपार्क, महाराजगञ्ज, लाजिम्पाट, रत्नपार्क, सानेपालगायतका क्षेत्रमा तेस्रो लिङ्गीको समस्या छ । महानगरीय प्रहरीका अनुसार ठमेल, दरबारमार्ग, बसपार्क र सानेपाबाट स्थानीयले नै तेस्रो लिङ्गी लखेट्न अभियान सञ्चालन गरेका छन् ।
ठमेल र दरवारमार्गक्षेत्रमा तेस्रो लिङ्गी नियन्त्रण गर्न एकजना प्रहरी सहायक निरीक्षकको कमाण्डमा स्थानीय पर्यटन ब्यवसायी सहितको सुरक्षागस्ती खटाइएको छ ।
त्यस्तैं, लुटिएको नगद तथा सामान निला हिरा समाजको समन्वयमा फिर्ता गराइ प्रहरीले पीडितलाई हस्तान्तरण फिर्ता समेत गर्ने गरेको छ । अपराधमा संलग्न तेस्रो लिङ्गीलाई कारवाही गरेपनि पुनः संलग्नता देखिन थालेपछि ‘लुट्ने भन्दा लुटिने’लाई सचेत गराउन थालेको वृत्त प्रमुख मल्लले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्