लागुऔषध खैरो हिरोइनसहित दुईजना झापाली पक्राउ

लागुऔषध खैरो हिरोइनसहित दुईजना झापाली पक्राउ

२० ग्राम अबैध लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाप सुरुङ्गा नगरपालिका  स्थायी घर भइ हाल काठमाडौं नयाँ बसपार्क बस्ने २९ वर्षीय कर्णबहादुर सार्की र झापा सुरुङ्गाकै २६ वर्षीय रुद्रबहादुर सार्की रहेका छन् । उनको साथबाट २० ग्राम खैरो हिरोइनसहित ७० हजार नगद समेत बरामद गरिएको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले खैरो हिरोइनलाई प्रतिग्राम ५ हजारदेखि ७ हजारको दरमा बिक्री गर्दै आएका थिए । उनीहरुसंगै हिरोइन जोख्ने डिजीटल तराजु समेत बरामद गरिएको छ । उनीहरुमाथी काठमाडौं जिल्ला अदालतबाट औषध औषध कारोबार ऐन अन्र्तगत अनुसन्धान प्रक्रिया अगाडी बढाइएको एसएसपी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्