नाङ्दै दिसागर्नु समाजकै लज्जास्पद, मोरङको दक्षिणी क्षेत्रमा अझै चर्पी छैन

नाङ्दै दिसागर्नु समाजकै लज्जास्पद, मोरङको दक्षिणी क्षेत्रमा अझै चर्पी छैन

विराटनगर,३१ बैशाख ।
घर वाहिर सर्वाङ्गीण नग्न भएर खुल्ला दिशा गर्नु समाजको लागि लज्जासपद कार्य भएकोे कार्यक्रममा सहभागीहरुले वताएका छन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति मोरङद्धारा आज बिराटनगरमा आयोजित कार्यक्रममा आफुमाथि हुने असुरक्षाको बारेमा समेत जानकारी नहुने गरेको बताए । दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिहरुले खुल्ला दिशाका कारण युवती यौन दूव्र्यवहार, वालवालिकामा विभिन्न रोग तथा वाढी र विषालु किराको टोकाईको कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गरे ।
जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले सवै स्थानीय निकायले गाउँ ठाउँमा सफाई ,महिला तथा युवती , वालवालिकाको हितका लागि प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा चर्पी निर्माणमा जोड दिनु पर्ने बताए ।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मनोज घिमिरेले चर्पीको अपरिहार्यतामा सर्वसाधारण संवदनशील हुनुपर्ने वताउदै स्वच्छता र स्वास्थ्यका लागि आफ्नो वानीमा परिवर्तन गरी चर्पी निर्माण गरी प्रयोग गर्न आग्रह गरे । मोरङ जिल्ला खानेपानीका प्रमुख राजेन्द्र न्यौपाने,समाजशास्त्री कमल अधिकारीले खुल्ला दिशावाट समाज र स्वास्थ्यमा हुने वेफाइदा लगायतका विषयमा जानकारी दिएका थिए ।
सहभागी जन–प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणको लागि अभियानको संचालन गर्न खुल्ला दिशावाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतनाता जागृत गराउने वताउनु भयो ।
कार्यक्रममा मोरङ जिल्लाका १७ स्थानीय निकायहरु महनगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमखु प्रमुख, र वडा अध्यक्ष, स्वच्छा र खानेपानी सम्वन्धि स्थानीय संघका संघसंस्था प्रतिनिधि र सञ्चारकर्मी गरी १ सय ५० जनाको सहभागिता रहेको थियो ।
खुल्ला दिशाका कारण नेपालमा प्रत्येक घण्टा एक जना र प्रत्येक वर्ष १० हजार ५०० पाँच वर्ष मुनिका वालिकाको मृत्यु हुने गरेको छ। मोरङ जिल्लामा ६ वटा स्थानीय निकायहरु लेटाङ, पथरी शनिश्चरे,उर्लावारी, सुन्दर हरैचा नगरपालिका ग्रामथान ,र केरावारी गाउँपालिका खुल्ला दिशा मुक्त घोषणा भएका छन् । विराटनगर महानगरपालिकालमा ४७ हजार ७८९ घर धुरी रहेकोमा ५५० वटा घरमा अहिलेसम्म चर्पि निर्माण भएको छैन ।. नेपालमा पहिलो खुल्ला दिशामुक्त जिल्ला कास्की रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्