सास्थमको जानकारी मुलक अभियान झापामा

सास्थमको जानकारी मुलक अभियान झापामा

विराटनगर, ३१ बैशाख ।
विराटनगरको सास्थम कलेजले बिद्यार्थीहरुलाई होटेल म्यानेजमेन्ट बारेमा जानकारी दिन एक हप्ते मेची अभियान शुरु गरेको छ । पुर्बको झापामा एक कार्यक्रमको आयोजना गरी एकहप्ते अभियान दमकबाट शुरु भएको हो । पुर्वाञ्चलको एकमात्र होटल म्यानेजमेन्ट कलेज सास्थमले बिएचएम र बिबिएका बिषय पुर्ण प्राबिधिक रहेको बारेमा जानकारी दिन जानकारी मुलक शेमिनार गरिएको सास्थम कलेजले जनाएको छ ।
दमक, बिर्तामोड, भद्रपुर लगायतका झापाका बिभिन्न सहरमा कार्यक्रमको आयोजना गरिएको थियो । हरेक बर्ष बिभिन्न कार्यक्रमको आयोजना गरी अभियानको रुपमा सास्थम कलेजले जानकारी मुलक फ्री सेमिनार आयोजना गर्दै आएको हो ।
झापामा भएको कार्यक्रमा करिब २ सयले कलेजको बारेमा जानकारी लिएको कमल आचार्यले जानकारी दिए । एक हप्तासम्म संचालन हुने यो अभियान पुर्बको मेची अञ्चलसँग कोशीका बिभिन्न जिल्लाहरुमा कार्यक्रमको आयोजना गरी संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्