ठमेल र दरबारमार्ग क्षेत्रमा ‘तेस्रो लिङ्गी’लाई निषेध गरेपछि कपडा खोलेर नाङ्गो बसिदिने चेतावनी

ठमेल र दरबारमार्ग क्षेत्रमा ‘तेस्रो लिङ्गी’लाई निषेध गरेपछि कपडा खोलेर नाङ्गो बसिदिने चेतावनी

काठमाडौँ । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले भने ‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई कुटपिट गरेर लुटपाट गर्न थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरेका हौं ।’

युवतीको भेषमा समूह बनाएर ठमेल र दरबारमार्ग आउने तेस्रो लिङ्गीले हप्तामा दुई÷तीन दिन लुटपाट र पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । उनले दरबारमार्ग क्षेत्रमा तेस्रो लिङ्गीको समस्या निकै चुनौतीपूर्ण रहेको समेत बताए । अपराधमा संलग्नलाई पक्राउ गरी हिरासतमा राखे कपडा खोलेर नाङ्गो बसिदिने भएकाले समस्या झन थपिएको प्रहरीको आरोप छ ।

ठमेल र दरबारमार्गका पर्यटन व्यवसायीसँग सहकार्य गरी तेस्रो लिङ्गीलाई सडकमा आउन नदिन राति नौ बजेदेखि १२ बजेसम्म गस्ती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्