पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने

पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने

प्रि मनसुनका कारण वायुमण्डलमा जलवाष्पयुक्त वायुको मात्रा बढी भएकाले पूर्वी स्थानको आकाश केही खुले पनि पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौषमविद् सुवास रिमालले जानकारी दिए ।
मार्च, अप्रिल र मे महिनाबाट प्रि मनसुन सुरु भएकाले विगत दुई दिनयता वर्षा भइरहेको हो ।
नेपालमा औषत जुन १० बाट मनसुन सुरु हुने र यो अगस्टसम्म रहने मौषमविद् रिमालले बताए ।
यस्ता छन् वैशाखमै वर्षा हुने ३ कारण
हाल उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय क्षेत्रका कारण नेपालमा बदली रहेको महाशाखाले जनाएको छ ।
“यसका साथै जमिन सतहभन्दा १ हजार ५ सय मिटर वा जमिन सतहभन्दा केहीमाथि दक्षिणपूर्वी वायुले ल्याएको जलवाष्पका कारण हाल बदली रहेको छ,” मौषमविद् रिमालले भने, “हाल बदली रहनुमा उच्च वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणाली पनि देखिएको छ ।”
मङ्गलबार बिहानबाट उपत्यकासहित देशको मध्य र पश्चिम क्षेत्रमा लगातारको बदली हट्ने र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र असिनासहित छिटफुट वर्षा हुने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्