इलाममा अब फोहोरबाट मल बनाउन थालियो

इलाममा अब फोहोरबाट मल बनाउन थालियो

इलाम, जेठ १ । इलाम बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोर व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो ।

उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकिन्छ । सड्ने र नसड्ने दुबै किसिमको फोहोरबाट प्राङ्गारिक मल बनाइन्छ ।

मल बनाउन ८० प्रतिशत घर तथा अन्य स्थानबाट निकालिएको फोहोरको आवश्यकता पर्छ भने बाँकी सुख्खा चीज आवश्यक पर्छ ।

प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार हुन्छ ।

इलाम नगरपालिकाको ३९ लाख ३५ हजारको लागतमा कम्पोष्ट प्लान्टका लागि भवन, कामदार बस्ने घर, शौचालय, जग्गाको घेराबार गर्नेलगायत काम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्