प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन

<span class='c1'>प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै</span> <span class='c2'>नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन</span>

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै काठमाडौंको घण्टाघर, दरबारमार्ग र रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिएको हो ।

[caption id="attachment_54465" align="alignnone" width="850"] फोटो : इमेज[/caption]

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको समाचार संकलनमा नेपाली सञ्चारमाध्यमलाई रोक लगाएकोमा पनि विरोध गरेको छ ।

भारतीय सञ्चारमाध्यमलाई एकलौटी प्रवेश दिनु र नेपाली सञ्चार माध्यमलाई रोक लगाईनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले आपत्ति जनाए ।

नेपाली भूमिमा भारतीय सेनाको सुरक्षा गस्ती लज्जास्पद भएको भन्दै सरकार भारतीय इशारामा चलेको आरोप उनीहरुले लगाए ।

नेपाल विद्यार्थी संघले राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप बिद्यार्थीका लागि अमान्य हुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । प्रदर्शनका कारण यातायात व्यवस्थापन प्रभावित भएको थियो ।

उनीहरुले भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्