पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

 हेटौंडा, १ जेठ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको बा६ख ७१९ नं. को ट्रकले हेटौडातर्फै आउँदै गरेको बा१२च ९९१ नं. को स्कार्पियोलाई ठक्कर दिँदा उछिट्टिएको स्कार्पियो मोटरसाइकलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

 

हेटौडाबाट वीरगञ्ज जाँदै गरेको बा८१प ४१५१ नं. को मोटरसाइकलका चालक वीरगञ्ज महानगरपालिका-१३ का सुरजकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्