बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सन्चालन

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सन्चालन

बिराटनगर जेठ १,

नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा औपचारीक रुपमा सन्चालन भएको छ । राष्ट्रिय बिमा नीति २०७१ ले कार्यक्रम दीर्घकालीन लक्ष्य र मुख्य उद्देश्य निर्धारण गरेपछि कार्यक्रम लागू भएको हो।

यो कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार ल्याउने छ भने यसबाट सम्पुर्ण नेपाली नागरिकहरु लाभान्वित हुनेछन्। विशेष गरी बिमा कार्यक्रमबाट गरिब र पिछडिएका अतिविपन्न महिला, दलित, जनजाति वर्गहरुलाई ठूलो राहत पुग्नेछ ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सदस्यता लिएका कुनै पनि नेपाली नागरिकले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यक्रमले प्रदान गरेको परिचय पत्र लिएर आएमा यो कार्यक्रमले तोके अनुरुपको स्वास्थ्य उपचार सेवा नि:शुल्क प्राप्त गर्न सक्ने छन् ।

हाल बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले न्युन शुल्कमा गुणस्तरीय, विश्वस्तरीय र अत्याधुनिक बहुआयामिक बिशिस्ट सेवाहरु प्रदान गर्दै पुर्वान्चल मै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालले अत्याधुनिक प्रबिधिहरु भित्रयाउदै यस भेगका जनताहरुलाई अझ बढी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अब अन्य महङ्गा महङ्गा नर्सिङ होम तथा हस्पिटलमा उपलब्ध सम्पुर्ण स्वास्थ्य सेवाहरु यहि उपलब्ध रहेकोले मेहिनेत गरी आर्जन गरेको धन स्वस्थ्य उपचारको नाममा ठगीबाट बच्नु पर्ने आवश्यकता रहेको छ ।

स्वास्थ्य बिमा गर्नेले के पाउँछन् ?

वार्षिक २ हजार ५ सय रुपैयामा ५ जना परिवारको स्वास्थ्य बिमा गर्न सकिने र यसबाट एक जनाले एक पटक ५० हजार बराबरको सेवा सुविधा निःशुल्क रुपमा लिन सक्ने छन् । पाँचै जना एकैपटक बिरामी परे एक जना सदस्यले १० हजार बराबरको सेवा नि:शुल्क लिन सकिने ब्यवस्था छ ।

५ जनाभन्दा बढी परिवार हुनेका लागि ४२५ रुपैयाँ थप हुने र सेवा थप १० हजारले वृद्धि हुने गर्छ । ५ जनासम्मको परिवारले दैनिक ७ रुपैयाँ छुट्याउँदा एक वर्षका लागि योगदान रकम जम्मा हुने र यो रकम फिर्ता हुदैन । स्वास्थ्य बिमा गर्नेहरुले स्वास्थ्य परिक्षण र ल्याब जाँच नि:शुल्क गर्न पाउनेछन् भने १ हजार १ सय १८ प्रकारका औषधि पनि नि:शुल्क पाउने छन्

अबको केही महिनापछि नेपालका ३९ जिल्लामा कार्यक्रम यो लागू हुदैछ । हालसम्म ३० जिल्लामा ५ लाख ५० हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गराएका छन् ।

कसरी गर्न सकिन्छ स्वास्थ्य बिमा ?

स्वास्थ्य बिमाका लागि सहयोगीहरु स्थानीय सर्वसाधारणकै घरघरमा पुग्नेछन् । यदि कुनै व्यक्तिले स्वास्थ्य बिमा गर्न चाहेको खण्डमा सहयोगीहरु घरमा नै पुगेर बिमाका बारेमा जानकारी गराउने, फोटो खिच्ने र फाराम भर्ने गर्छन् । त्यसपछि तत्कालै स्वास्थ्य बिमा गरेका व्यक्तिलाई कार्ड उपलब्ध गराइनेछ ।

५ जना परिवारले स्वास्थ्य बिमा गरेका छन् भने ५ वटै कार्ड तथा परिचय पत्र उपलब्ध स्वास्थ्य बिमाले उपलब्ध गराउने छ । उक्त कार्डका आधारमा नै बिरामी पश्चात्त ५० हजार रुपैया बराबरको सेवा लिन सकिने व्यवस्था छ । यदि ५० हजारभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैंले बेहोर्नुपर्ने छ ।

वर्षौंपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ । यस बापत वार्षिक दुईहजार ५ सय बिमा बोर्डलाई बुझाउनु पर्ने हुन्छ । परिवाको एक जना सदस्य बिरामीलाई मात्रै ५० हजार रुपैयाँ खर्च लागेको खण्डमा अरु सदस्य विरामी पर्दा लाग्ने खर्च आफैले बेहोर्नुपर्ने हुन्छ ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सन्चालनबाट मोरङ, झापा, सुनसरी लगायत अन्य सम्पुर्ण जिल्लाका नागरिकहरु लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्