आर्थिक सम्वृद्धिमा बन पैदावरको समुचित प्रयोग– मन्त्री कुसियत

आर्थिक सम्वृद्धिमा बन पैदावरको समुचित प्रयोग– मन्त्री कुसियत

विराटनगर, २जेष्ठ ।
प्रदेश नं १ का उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री जगदशीप्रसाद कुसियतले जनताको आर्थिक सम्वृद्धि कायम गर्न वन पैदावरको समुचित प्रयोगमा ध्यान दिनु पर्ने वताएका छन् । उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ आर्थिक वर्ष २०७५-७६ बार्षिक योजना तर्जुमा गोष्ठीका अवसरमा उनले आगामी योजनामा जनतालाई प्रत्यक्ष लाभ हुने कार्यमा प्रदेश सरकार अगाडि वढेको जानकारी दिए ।
मन्त्री कुसियतले मुलुक संघीयतामा गैसकेको अवस्थामा प्रदेश सरकार जनताको इच्छा, चाहना र सुझाव अनुसार विकास तथा आर्थिक सम्वृद्धि कायम गर्ने कटिवद्ध रहेका बताए । प्रदेशका मुख्य सचिव सुरेश प्रधानले जनताले अनुभूति हुने किसिमको वन पर्यटनलाई उद्योगमा प्रयोग गरी गरीवी निवारण गर्ने कार्यमा जोड दिए ।
आगामी दिने गर्नु पर्ने कार्य , प्राथमिक निर्धारण,सहजीकरण, जन समाधान, योजना सम्पादन गर्दा पारदर्शीता अपनाउनु र वजेट तर्जुमा गर्नु गोष्ठीको उद्देश्य रहेको छ। प्रदेश मन्त्रालयका सचिव ईश्वरचन्द गौतम र जिल्ला वन अधिकृत धनकुटा कृष्ण वस्तीले जनताको सम्वृद्धिमा वनको उपयोगका बारेमा धारणा राखेका थिए ।
प्रदेश नं १ का १४ जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, राष्ट्रपति चुरे तराई संरक्षण समिति, नेपाल परिवहन तथा गोदाम व्यस्था र प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्ने कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्