विराटनगरबाट दुई सय लिटर घरेलु मदिरा बरामद 

विराटनगरबाट दुई सय लिटर घरेलु मदिरा बरामद 

मोरङ, जेष्ठ २ गते ।

“घरेलु मदिरा नियन्त्रण अभियान” अर्न्तगत प्रहरीले विराटनगर-१५ बाट दुई सय लिटर घरेलु तथा अन्य विभिन्न खालका मदिरा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट अभियान अन्तरगत खटिएका प्रहरीले सोमबार अपरान्ह ४ देखी ५ बजेसम्म विराटनगर-१५ रानीस्थित होटल, भट्टी पसलहरु चेकजाँचका क्रममा दुई सय लिटर अवैध घरेलु रक्सी बरामद गरेको हो।

प्रहरीले उक्त स्थानमा अवैध घरेलु रक्सी उत्पादन तथा बिक्रि वितरण गरेको फेला पारेपछि व्यवसायीहरुलाई सचेत समेत गराएको छ।

चेकजाँचकै क्रममा टोलीले नेपालबाट भारततर्फ लुकाई छिपाई लैजादै गरेको अवस्थामा उमङ नाम गरेको मदिरा ६९ बोतल र गोल्डेन वाक तथा दिलवाले नाम गरेको मदिरा ४९ बोतल बरामद गरेको जनाएको छ।

बरामद मदिरा आवश्यक कारवाहीका लागी मंगलबार आन्तरिक राजश्व कार्यालय विराटनगरमा वुझाइएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्