ईलामबाट खोला किनारमा रहेको काँस घारीमा बेवारिसे भरुवा बन्दुक बरामद 

ईलामबाट खोला किनारमा रहेको काँस घारीमा बेवारिसे भरुवा बन्दुक बरामद 

ईलाम, जेष्ठ २ गते ।

ईलामको चुलाचुली गाउँपालिका १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक बरामद भएको छ।

प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले मंगलबार अपरान्ह ४ बजित कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

बरामद बन्दुक प्रहरी चौकीमा राखि अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्