सुनसरीमा पनि लागूऔषधको जाल , लागुऔषधसहित दुई युवा पक्राउ 

सुनसरीमा पनि लागूऔषधको जाल , लागुऔषधसहित दुई युवा पक्राउ 

सुनसरी, जेष्ठ २ गते।

सुनसरीको वराह नगरपालिका १० प्रकाशपुरबाट प्रहरीले मंगलबार लागुऔषधसहित दुई युवालाई पक्राउ गरेका छन।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय अजय विश्वकर्मा र धरान-१५ बस्ने २४ वर्षीय निवेक श्रेष्ठ रहेका छन।

प्रहरी चौकी प्रकाशपुरको टोलीले को २५ प ६४८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ४,३५० (चार हजार तीन सय पचास) पिस स्पास्मोप्रोक्सिवन ट्याब्लेट र ५० बोतल डाइलक्स डिल नाम गरेको लागुऔषध बरामद भएको जनाएको छ।

प्रहरीले उनीहरु सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिई कार्यालयमा राखिएको छ।

बरामद लागुऔषध परिमाण हेर्दा पक्राउ परेका युवाहरु लागुऔषध ओसार पसार तथा बिक्रि वितरणमा संलग्न देखिएकोले जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्