बिराटनगरमा नोकियाको सस्तो स्मार्टफोन “नोकिया वान” को बिक्रीवितरण शुरु

बिराटनगरमा नोकियाको सस्तो स्मार्टफोन “नोकिया वान” को बिक्रीवितरण शुरु

बिराटनगर,जेष्ठ २,विश्व प्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया वान बिराटनगरमा बिक्रीवितरण शुरू गरेको छ।
गुगलको पछिल्लो एन्ड्रोईड भर्सन ओरीयो ८.१ सफ्टवेयरमा आधारित उक्त मोवाईल फोन बिराटनगरको बजारमा पनि विक्रि वितरण हालै सुरु गरिएको हो ।बिराटनगरको श्री बिन्दवाशिनी अभिनन्दनमा पाइने संचालक प्रान्जल अग्रवालले आवर बिराटनगरलाई बताए । बिन्दवाशिनी अभिनन्दन कोशी र मेचीको डिस्ट्रिब्युटर रहेको छ ।

 

उक्त फोनमा २१५० मिलिएम्पीयर ब्याट्री, १ जिबि ¥याम ८ जिविको मेमोरी हुनुका साथै १२८ जिबि सम्म बढाउन मिल्ने सुविधा रहेको संचालक अग्रवालले जनाए । ४.५ ईञ्च स्क्रिन साईज रहेको फोनमा पछाडी फ्लास सहितको ५ मेघापिक्सल र अगाडि २ मेघा पिक्सेल सेल्फी क्यामरा रहेको कम्पनिले जनाएको छ । फोर जीमा दुर्तगतिको ईन्टरनेट चल्ने दुई वटा सिमकार्ड लाग्ने यो मोडेलमा गाढा निलो र रातो गरि दुईवटा रंगमा उपलब्ध रहेको छ ।

सबैका लागि स्मार्टफोन र मेरो पहिलो स्मार्टफोन भन्ने अवधारणाका साथ नोकीयाले यो फोनको विकास गरेको कम्पनिले जनाएको छ। उक्त मोबाईलको बजार मुल्य नौ हजार तीन सय पच्चिस मात्र रहेको छ। त्यसै गरि गत महिना स्पेनको बार्सिलोनामा घोषणा गरेको नयाँ मोडल नोकिया ६ (सन् २०१८) प्लस र नोकिया ८८१० फोनहरू आगामी हप्ता बजारमा बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्