एमाले र माओवादीबीच पार्टी एकता भोलि नै

<span class='c1'>एमाले र माओवादीबीच पार्टी</span> <span class='c2'>एकता भोलि नै</span>

काठमाडौं, २ जेठ । सत्तारुढ एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको विधिवत घोषणा हुने भएको छ ।बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहीबार पार्टी एकता हुने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरिएको जानकारी दिए।

दुई पार्टीबीच बेलुकासम्म एकता घोषणा हुने गरी भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी पार्टी अध्यक्ष ओलीले गराउएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।बैठकमा पार्टी एकता भोलि नै गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ । पार्टी एकता घोषणाअघि दुवै दलको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ । पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति पनि गरिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्