५ जना बिद्यार्थीलाई छात्रबृती

५ जना बिद्यार्थीलाई छात्रबृती

विराटनगर,३ जेष्ठ ।
गुणराज उपाध्याय रेग्मी स्मृति प्रतिष्ठान विराटनगरले सामुदायिक विद्यालयका जहेन्दार ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
प्रतिष्ठानको बार्षिक साधारण सभाको अवसरमा आयोजित स्वर्गीय गुणराज उपाध्याय रेग्मीको ७५ औं जन्मजयन्ती तथा २२ औं छात्रवृत्ति वितरण कार्यक्रममा विधार्थीहरुलाई जनही ५ हजार ५ रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो । प्रत्येक वर्ष प्रदान गर्ने सो छात्रवृत्ति जनता नमुना माध्यामिक विद्यालय विराटनगरकी खुश्वु साह ,आदर्श बालिकाकी कशिश साह , आर्दश माविकी पवित्रा राजवंशी , पोखरिया माविकी अविना राई र गोग्राहा माविकी मोनिका भण्डारीलाई प्रदान गरेको प्रतिष्ठानका सचिव रामचन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्