बिराटनगरमा सवारी चेकजाँच गर्नेक्रममा लागुऔषधसहित एक युवा पक्राउ 

बिराटनगरमा सवारी चेकजाँच गर्नेक्रममा लागुऔषधसहित एक युवा पक्राउ 

मोरङ, जेष्ठ ३ गते ।

बिराटनगर महानगरपालिका १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालालई पक्राउ गरेको छ।

विराटनगर-१ नहर चौकमा बुधबार साँझ सवारी चेकजाँच गर्नेक्रममा विराटनगर-४ बबस्न २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मि.लि. को डाइलेक्स डिसी ३ बोतलसहित पक्राउ गरेको हो।

सुवेदीले को. १४ प ४८४३ नम्बरको मोटरसाइकलको सिट मुनि सो लागुऔषध लुकाई ल्याएको फेला परेको थियो। उनलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्