विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकलाई ६ वर्ष कैद

विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकलाई ६ वर्ष कैद

चितवन । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा शिक्षकविरुद्ध चितवन अदालतले ६ वर्ष कैद फैसला सुनाएको छ । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुर कैलाश १० घर भएका ३० वर्षीय सोनामसिं गुरुङलाई अदालतले उक्त कैद फैसला सुनाएको हो ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ६ वर्ष कैदसँगै पीडकलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।

बुद्ध मावि हात्तीगौडा मकवानपुरमा कक्षा ९ मा अध्ययन गरिरहेकी किशोरीलाई सोही विद्यालयका शिक्षक सोनामले बिहेको नाटक गरी जबर्जस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।  प्रहरीले आरोपित शिक्षकलाई वैशाख ३१ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्