सप्तरीमा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु

सप्तरीमा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु

राजविराज, जेठ ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ ।

तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिँदै गर्दा बीचबाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

यसैबीच घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्