रानी सामुदायिक केन्द्रको एसपीलाई विदाई तथा सम्मान

रानी सामुदायिक केन्द्रको एसपीलाई विदाई तथा सम्मान

विराटनगर ३ जेष्ठ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले मोरङका बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएका अरुणकुमार बिसीलाई सम्मान तथा विदाई गरेको छ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले बुधबार एक कार्यक्रमका विच प्रहरी उपरीक्षकबाट बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भई काठमाडौंमा सरुवा भएका बिसीलाई सम्मान गरी बधाई तथा विदाई गरिएको हो ।
कार्यक्रममा सामुदयिक सेवा केन्द्र रानी विराटनगरका अध्यक्ष किशोर सुब्बाले मोरङजस्तो सुरक्षाका हिसाबले संवेदनशिल एवं चुनौतीपूर्ण जिल्लामा कुशलतापूर्वक प्रहरी प्रमुखको जिम्मेवारी बहन गरेको भन्दै एसपी बिसीको कामको प्रशंसा गरेका थिए । तोकिएको पदीय जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको भन्दै अध्यक्ष सुब्बाले जिल्लामा शान्ति सुव्यवस्थाका साथै आपराधिक गतिविधि नियन्त्रणमा सराहनीय काम गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्