विश्व उच्च रक्तचाप दिवस: विराटनगरमा प्रभातफेरी

विश्व उच्च रक्तचाप दिवस: विराटनगरमा प्रभातफेरी

विराटनगर ३ जेष्ठ ।
विश्व उच्च रक्तचाप दिवस विराटनगरमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा नोबेल मेडिकल कलेज र इन्टास नेपालको आयोजनामा प्रभातफेरी निकालेको हो ।
नोबेल मेडिकल कलेज र इन्टास नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी ठूलोमिल चोक हुँदै तिनपैनी आएर पुनः ठूलो मिल पुगेर टुङिएको थियो ।
आज बिहान भएको प्रभातफेरिमा विराटनगरका डाक्टरहरु सहित १ सय २० जनाको सहभागिता रहेको थियो । उच्च रक्तचापको बिषयमा जनचेतना फैलाउने उदेश्यले प्रभातफेरि आयोजना गरेको मुटु रोग विशेषज्ञ डा. राजेश नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्