उदयपुरको कटारीमा ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु 

<span class='c1'>उदयपुरको कटारीमा ट्रिपर</span> <span class='c2'>दुर्घटनामा सहचालकको मृत्यु </span>

उदयपुर, जेष्ठ ४ गते।

उदयपुरको कटारीमा बिहिबार ट्रिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ भने ट्रिपर चालक गम्भीर घाइते भएका छन।

कटारीबाट सोलुखुम्बु हाइड्रोपावरका लागी सिमेन्ट लिएर जादै गरेको ना ७ ख ६८०६ नम्बरको ट्रिपर बिहिबार दिउँसो १ बजेतिर कटारी नगरपालिका ११ गहुँबारीस्थित कटारी-घुर्मी सडक खण्डमा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा ट्रिपरका सह-चालक सिन्धुली दुधौली नगरपालिका २ टाँडी बस्ने १८ वर्षीय ईन्द्र तोलाङगेको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएका कटारी नगरपालिका ११ हर्देनी बस्ने ३० वर्षीय चालक शेर बहादुर खत्रीको कटारी अस्पतालमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्