लगातारको वर्षाले सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या

लगातारको वर्षाले सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या

इनरुवा, जेठ ४ गते । सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या देखिएको छ । लगातारको वर्षाले खेतबारीका नै मकै कुहिन थालपछि भित्र्याउन समस्या भएको किसानले बताएका छन् । किसानले गहँु छोडेर मकै बाली लगाएकोमा यस वर्ष वैशाखको सुरुदेखि नै लगातार जस्तो वर्षा भएकाले मकै भित्र्याउन समस्या भएको हो ।

जिल्लाको १२ हजार हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएकोमा मौसमले साथ नदिँदा मकै भित्र्याउन समस्या भएको कृषि विकास अधिकृत राजकान्त झाले बताउनुभयो । झाका अनुसार धेरै किसानले गहुँ छोडेर मकै बाली लगाएको तर मौसमले साथ नदिँदा समस्या भएको छ ।
किसानले पाकेर भित्र्याउन ठिक्क परेको बेला लगातारको वर्षा र असिनापानीले भित्र्याउन समस्या भएको किसान सियाराम यादवले बताउनुभयो । यादवका अनुसार विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा लगाइएको मकै बालीमा वर्षाको पानीले क्षति गर्नुका साथै बाँकी रहेको मकै भित्र्याउनसमेत समस्या भएको छ ।
कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार हरिनगर गाउँपालिकासहित विभिन्न वडामा किसानले लगाएको मकै बालीमा वर्षाको पानीले क्षति गरेकाले दुई करोडभन्दा बढीको नोक्सानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्