१३ वर्षको उमेरमै आमा बनेकी ममतालाई थप उपचारकालागि काठमाडौं लगियो

१३ वर्षको उमेरमै आमा बनेकी ममतालाई  थप उपचारकालागि काठमाडौं लगियो

सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ ।

छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्कालै काठमाडौंमा रहेको गंगालाल हृदय रोग केन्द्रमा लैजान सुझाव दिएका थिए । ममतालाई निमोनिया समेत भएको छ ।

नोबेलको उपचार लगायतको खर्च ब्यहोरेको सुनसरीको गढी गाउँपालिकाको कार्यालयले ममता सहित उनकी आमा र सहयोगी राकेश निरौलाको हवाई जहाज खर्च समेत उपलब्ध गराएको छ । ममताको उपचारमा सहयोगी भूमिका निर्वाह गर्दै आएका राकेश निरौलाले गंगालाल अस्पतालमा समेत गढी गाउँपालिका प्रमुख श्रीप्रसाद यादवले आवश्यक समन्वयको पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्