विराटनगर न्यायिक समितिमा पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थाले

विराटनगर न्यायिक समितिमा पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थाले

तारा आचार्य

मोरङ । विराटनगर महानगरपालिकामा न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका छन् । पुरुषमाथिको हिंसाका तीन उजुरीहरु पनि न्यायिक समितिमा परेको छ ।

महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न थालेपछि हाल सम्म ९० भन्दा वढी उजुरीहरु आएका उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिनु भयो । सो समितिमा सम्वन्ध विच्छेद ,घरेलुु हिंसा, जग्गा विवाद, पुुरुष तथा महिला हिंसा साथै झैझगडा लगायतका उजुुरी आउने गरेको नगरपालिकाकाले जनाएको छ । उपप्रमुख कार्कीले हाल सम्म घर निकाला गरेको भनेर पुरुषहरु माथिको हिंसामा तीनवटा उजुुरी परेको जानकारी समेत दिनु भयो ।

महानगरपालिकामा परेका उजुरीहरुलाई सम्भव भएसम्म न्यायिक समितिले मिलाउने प्रयास गर्ने र नमिलेका मुद्धाहरु अदालत पठाउने गरेको उपप्रमुख कार्कीको भनाई छ । प्रमाणका आधारमा मात्र नभएर व्यवहारिक पक्षको आधारमा पनि जनताको प्रतिनिधि भएर मुद्धा मिलाइने गरेको उपप्रमुख कार्कीको भनाई छ ।

विराटनगर महानगरपालिकाले न्यायिक इजलासबाट सहज र सुलभ सेवा दिनको लागि न्यायिक इजलासको निर्माण कार्य पनि सुरु गरेको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्