नेपाल मै यस्तो : सडक कालोपत्रे गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ परे

नेपाल मै यस्तो : सडक कालोपत्रे गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ परे

पोखरा । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।

पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई  आज प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतले आर्थिक वर्ष ०७३,७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौतागरेका थिए । तर समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैत सम्मका लागि सम्झौता थप गरिएको थियो । चैत्रमै सक्नुपर्ने काम भएपनि हाल हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक ढिभिजन कार्यालय पोखराले जनाएको छ ।

गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्