सांसदहरुले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको स्वागत गरे

सांसदहरुले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको स्वागत गरे

काठमाडौं । सांसदहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भर्ई नेपाल कम्युनिष्ट पार्टी निर्माण हुनु महत्वपूर्ण परिघटना भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा खगराज अधिकारी, छविलाल विश्वकर्मा र हृदयेश त्रिपाठी र दुर्गा पौडेलले दुई ठूला कम्युनिष्ट पार्टीको एकताको स्वागत गर्दै सफलताको कामना गरेका हुन् । दुई ठूला कम्युनिष्ट पार्टीको एकताले आर्थिक समृद्धि र विकासको मार्ग प्रशस्त हुने, नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन सुदृढ बन्ने र समाजवाद उन्मुख व्यवस्था कार्यान्वयनका लागि सहयोग पुग्ने भन्दै नेकपा नेतृत्वको सरकारले जनआकांक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसका सञ्जय गौतमले पनि दुई दलको एकतालाई स्वागत गर्दै समृद्ध नेपाल निर्माणका लागि प्रमुख प्रतिपक्षीको तर्फबाट उचित भूमिका विर्वाह गर्ने स्पष्ट पारेका थिए । तर, एकीकरणसँगै नेकपाका नेताले दम्भ देखाउन थालेको उनको गुनासो थियो ।

यसबाहेक सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदीप यादव, देवेन्द्रराज कँडेल, उमा रेग्मी लगायतले विकास–निर्माणको काम प्रभावकारी नभएको, निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा नगरेको, तराई–मधेसका विभिन्न जिल्लामा लामो समयदेखि नागरिकको समस्या रहेको र महिला हिंसाका दोषीलाई कानूनी कारवाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्