विद्यार्थीलाई निर्घाट कुटपीट गरि पिसाब खुवाउने प्रधानअध्यापक प्रशासनको शरणमा

विद्यार्थीलाई निर्घाट कुटपीट गरि पिसाब खुवाउने  प्रधानअध्यापक प्रशासनको शरणमा

रामेछाप । शिक्षक अर्थात गुरु आदरणीय मात्र नभएर पुजनीय मानिन्छन् । तर हाम्रो समाजमा यस्ता पनि शिक्षक एवं गुरुहरु भेटिन थालेका छन्, जस्ले गुरुहरुको परम्परागत मान्यतामा ह्रास ल्याउन थालेको छ । रामेछापमा भएको एउटा घटनाले यस्तै दृष्टान्त पेश गरेको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं— ५ स्थित झट्टेश्वर माविका प्रधानध्यापक केवल तिमल्सेनाले आफ्नै विद्यार्थीहरुलाई उनीहरुकै पिसाव खुवाउन वाध्य वनाएका छन् ।

प्रधान अध्यापक तिमल्सेनाले विद्यार्थी विद्यार्थीबीचको सामान्य निहुँमा कक्षा ७ मा अध्ययरत बुद्ध तामाङ, लाक्पा तामाङ र गणेश बुढाथोकीलाई निर्घाट कुटपीट गरि पिसाव खान वाध्य वनाएका हुन् । गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर खड्काका अनुसार प्रध्यान्ध्यापक तिम्लसेनाले गत मंगलवार भएको घटनाको वारेमा विद्यार्थीहरुले स्थानीय इलाका प्रहरी कार्यालय धोवीमा शुक्रवार उजुरी दिएपछि उक्त घटना बाहिर आएको हो ।

घटना विवरण अनुसार घरवाट विद्यालय आउँदा मिनरल वाटरको वोतलमा खानेपानी लिएर आएका विद्यार्थीद्धय लाक्पा, बुद्ध गणेशको मिलेमतोमा उनीहरुले मिनरल वाटर वोतलमा पिसाव र थुक मिसाएर खुवाएका थिए । उक्त जानकारी विद्यालय प्रशासनमा आए लगत्तै पानी खुवाउने तीनै जनालाई प्रअ तिमल्सेनाले उक्त पानी खान लगाएका थिए । उक्त पिसाव सहितको पानी खान वाध्य वनाएपछि ती विद्यार्थीहरुले तत्कालै वान्ता समेत गरेका थिए । पिसाव खाएका विद्यार्थीहरु सवैले वान्ता गरेपछि थप व्यापकता पाएको थियो ।

आरम्भमा उनीहरुले उक्त वोतलको पानी खान नमानेपछि प्रअ तिमल्सेनाले पिसावै खुवाएको ठहर सहित कुटपिट गरी उक्त पानी खान वाध्य वनाएका थिए । यस्तै प्रध्यान्ध्यापक तिमल्सेनाले कक्षा ९ मा अध्ययरत एक छात्रलाई सोही दिन आफ्नै साथीहरुसँ झैझगडा गरेको भन्दै निर्घात कुटपीट समेत गरेका थिए ।

उनलाई दिनहुँ गाजा सेवन गरेर विद्यालय आउने र साथीहरुसँग झैझगडा गर्ने गरेको कारण कपालमा समातेर सामान्य नसिहत मात्र दिएको र अन्य तिनजना विद्यार्थीहरुको हकमा भने आफ्नै साथीहरुलाई नियतवस थुक र पिसाव मिसाएको पानी खुवाउने लगाएत अन्य उछ्रिगंल गतिविधि गरेका कारण ती विद्यार्थीहरुलाई सामान्य कारवाहीसम्म गरेको प्रअ तिमल्सेनाले वताए ।

सोही विषयलाई लिएर आज दिउँसो वसेको विद्यालय समितिको वैठकमा प्रधान अध्यापक तिमल्सेनालाई समेत आमन्त्रण गरिएको र प्रअ तिमल्सेनाको उपस्थित नभएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षकहरु समेतको उपस्थितिमा प्रअ तिमल्सेनालाई पदवाट हटाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त घटनाका कारण विद्यालय र गाउँमा समेत तनाव उत्पन्न भएपछि प्रअ केवल तिमल्सेनाले शुक्रवार सदरमुकाम मन्थली आएर जिल्ला प्रशासन कार्यालयमा तत्काल आफ्नो ज्यानको सुरक्षाको लागि आवश्यक सहयोगका लागि उजुरी दर्ता गराएका छन् । उक्त उजुरी पछि जिल्ला प्रशासन कार्यालयले घटनाका सम्वन्धमा सत्यतथ्य पत्ता लगाउन जिल्ला शिक्षा कार्यालय रामेछापमा आजै पत्राचार गरेको जिल्ला शिक्षा कार्यालय रामेछापका विद्यालय निरिक्षक भरत भट्टराईले जानकारी दिनुभयो ।

घटनाका वारेमा विद्यालयका प्रअ केवल तिमल्सेनासँग सम्र्पक गर्दा उनले विद्यालय प्रशासनले गरेको निर्णयको वारेमा आफुलाई कुनै जानकारी नै नभएको र वडा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष सँग आफ्नो व्यक्तिगत रुपमा राम्रो सम्वन्ध नभएकै कारण सामान्य घटनालाई तोडमोड गरि आफुलाई पदवाट हटाउन खोजेको हुनसक्ने बताए । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्