इनरुवामा उत्कृष्ट बुहारीको खोजी, उत्कृष्ट बुहारी छनौट गरी पुरस्कृत गरिने

<span class='c1'>इनरुवामा उत्कृष्ट बुहारीको खोजी, उत्कृष्ट</span> <span class='c2'>बुहारी छनौट गरी पुरस्कृत गरिने</span>

इनरुवा । वृद्ध अवस्थामा घरपरिवारबाटै अपहेलित हुनुपर्ने तीतो यथार्थलाई मनन गर्दै इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र उत्कृष्ट बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ ।

नगरपालिकाको कार्यालयले आफ्ना सासु ससुराको स्याहार सहित सम्मान र माया गर्ने बुहारीको खोजी गरी सम्मान गर्ने भएको हो । उत्कृष्ट बुहारीको खोजका लागि नगरभित्रका १० वटै वडामा छनौट समिति गठन गरिने छ ।

प्रत्येक वडाबाट दुईजनाका दरले नगरस्तरीय प्रतिष्पर्धाका लागि छानिने २० जना असल बुहारी मध्ये उत्कृष्ट दुईलाई सम्मान गरिने छ । इनरुवा नगरपालिका नगर प्रमुख राजन मेहताले उत्कृष्ट हुने बुहारीले सुनको सिक्रि दिने विषयमा छलफल प्रकृया अघि बढेको बताउनु भयो ।

वृद्धवृद्धाको सम्मानका लागि त्यस किसिमको कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको विश्वास छ । सन्तानबाट टाढिनु र अपहेलित भई वृद्धाश्रमको बास बस्नु पर्ने बाध्यता मुक्त नगरको परिकल्पना अनुरुप बुहारी सम्मान कार्यक्रम गर्न लागिएको नगर प्रमुख राजन मेहताले बताउनु भयो ।

उत्कृष्ट बुहारी हुनका लागि भने सम्वन्धित बुहारीका सासु ससुराको मञ्जुरी अनिवार्य हुने छ । पुरस्कार हात परेपछि सासु ससुराको बेवास्ता गरेको पाइए दिइएको पुरस्कार फिर्ता लिइने र सो परिवारका लागि नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा सुविधामा कटौति गरिने जनाइएको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्