‘सिन्डिकेट’ हटाउन विशेष भूमिका खेलेका महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो

<span class='c1'>‘सिन्डिकेट’ हटाउन विशेष भूमिका खेलेका</span> <span class='c2'>महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो</span>

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको एकाधिकार तोड्न विशेष भूमिका खेलेका उनलाई विभागबाट हटाएर मन्त्रालयमा ल्याउने निर्णय गरेका हुन् ।

गत बुधबार मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तान्ने पत्र तयार पार्न लगाएको बुझिएको छ ।

तर, मन्त्रालयका सचिवले पत्रमा हस्ताक्षर गर्न नमानेपछि पत्र बुझाउन ढिलाइ भएको थियो ।

तर, शुक्रबार मन्त्रालयका सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र महानिर्देशक भट्टराइलाई थमाइएको हो ।

भट्टराईले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन तथा नयाँ कार्यविधि बनाउन सक्रिय भूमिका निभाएका थिए ।

गत चैत १८ गते यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्नुपर्ने र महानिर्देशक भट्टराईलाई हटाउने ‘लबिङ’मा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्