मोरङको मधुमल्लामा करेन्ट लागेर एक युवकको मृत्यु

<span class='c1'>मोरङको मधुमल्लामा करेन्ट लागेर</span> <span class='c2'>एक युवकको मृत्यु</span>

विराटनगर, जेठ ४ गते । मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पठाइएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्