जेभियर्समा सपथ तथा स्वागत कार्यक्रम

<span class='c1'>जेभियर्समा सपथ तथा</span> <span class='c2'>स्वागत कार्यक्रम</span>

विराटनगर ४ जेठ । टंकिसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलमा शैक्षिक शत्र–२०७५ को लागि स्कूलका क्याप्टेन जीवन अधिकारी तथा भाइस क्याप्टेन निरज माझी र नुमा लिम्वूलाई चयन गरेको छ । त्यसैगरी जेभियर्स इङ्गलिस स्कुल वालक्लब अध्यक्षमा एलिना खतिवडा निर्वाचित भएकी छिन ।
विभिन्न कक्षामा नयाँ भर्ना भएका दुई सय तेह्र जना छात्र छात्रालाई समेत बिद्यालयले स्वागत गरेको छ । स्कूलका नीति, नियम तथा भावी योजनाका वारेमा विद्यालयका प्रिन्सिपल परेश पोखरेलले जानकारी दिएका थिए ।
विद्यालयका अध्यक्ष जीतनारायण थापा मगर, संस्थापकहरु सरीताकुमारी राना, जनक ढकाल, रेवन्तकुमार श्रेष्ठ, चन्द्रमणी रिजाल, तुलसी खतिवडा, आर।सी कोइराला लगायतको उपस्थिति थियो ।
जेभियर्सको पठन–पाठन तथा शैक्षिक वातावरणलाई विश्वास गरी नयाँ भर्ना भएका विद्यार्थीहरु तथा अभिभावकहरुको भावनालाई मध्यनजर गरी शैक्षिक उन्नयनलाई थप उजागर गर्दै यस क्षेत्रकै नमुना विद्यालय वनाउनेप्रिन्सिपल पोखरेलले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्