जिओ अटोमोवाईल्सले ल्यायो बजारमा अल न्यू फोर्ड ‘फ्रिस्टाईल ’ गाडी

जिओ अटोमोवाईल्सले ल्यायो बजारमा अल न्यू फोर्ड ‘फ्रिस्टाईल ’ गाडी

विराटनगर ४ जेष्ठ । जि.ओ अटोमोवाईल्सले अल न्यू फोर्ड ‘फ्रिस्टाईल ’कुल क्यापेवल भएको कार बजारमा ल्याएको छ ।
विराटनगर पिपलचोकमा रहेको फोर्ड शोमरुमले शुक्रबार फ्रीस्टाईलको लन्च गर्दै नेपाली ग्राहकहरुले अत्याधिक रुपमा रुचाईएको गाडी बजारमा ल्याएको हो । फोर्ड फ्रीस्टाईलमा नविनतम प्रविधी सुरक्षा र सुविधा भएको ९६ पिएस पावर दिने ईन्जीन भएको विषेशता रहेको कम्पनीले जनाएको छ । 
आर्कर्षित डिजाईन सहित शुभ् स्वभाव आउने फोर्ड फ्रीस्टाईल मा भिन्न खालको शुभ श्री डिमेनशनल मेशको ग्रिल राखिएको छ । गाडीमा भएको फ्रन्ट बम्परमा स्कीड प्लेट र फास्कीया सेक्सन जोडिएको छ । जसले गर्दा फ्री–स्टाईलको डिजाईनलाई अझै आकर्षित बनाएको छ ।
६ वटा ईयर वाग्स र ईलेक्ट्रोनिक स्टाविलिटी भएकोले फोर्ड फ्रीस्टाईल ग्राहकको सुरक्षाको पनि ध्यानमा राखेर बनाईएको जी ओ अटो मोवाईल्सका सेल्स एरीया ईन्चार्ज अभिशेक भट्टले जानकारी दिए । फोर्ड फ्रीस्टाईलमा कार ईन ईन्र्फमेसन सिस्टम ६.५ ईन्च भएको टचस्क्रीनको पनि व्यावस्था रहेकोले गाडी चालकलाई आफ्नो स्मार्टफोनसँग डाईरेक्ट कनेक्ट गराउने भट्टले बताए ।
लन्च भएको दिनमा नै ४ वटा गाडी विक्री भएको फोर्ड अटोमोवाईल्स शोरुम विराटनगरका सञ्चालक देवासीस गोल्छाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्