योजना नपारेको भन्दै सांसदले प्रशासकीय अधिकृतलाई कार्यकक्षमै थुने

योजना नपारेको भन्दै सांसदले प्रशासकीय अधिकृतलाई कार्यकक्षमै थुने

सर्लाही, ४ जेठ । कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवमाथि दुव्र्यवहार भएको छ । हिजो कार्यालयमा काम गरेर बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर–३, प्रदेश ख का प्रदेश सभा सांसद सञ्जयकुमार यादवले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन् । प्रदेश सांसद यादवले आफ्नो घर भएको नगरपालिकाको १० नम्बर वडामा कुनै राम्रो विकास योजना नपारेको भन्दै प्रशासकीय अधिकृतलाई कार्यकक्षमा थुनेर बिना टिप्पणी योजना पास गर्नसमेत लगाएको कर्मचारीहरुले बताएका छन् ।

प्रदेशसभा सदस्य यादवले दुव्र्यवहार गरेपछि कर्मचारीहरुले आज सम्पूर्ण काम ठप्प पार्दै नगरपालिकामा तालाबन्दी  गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले अब नगरपालिका बसेर काम गर्न समस्या परेकोले सरकारले सुरक्षाको राम्रो व्यवस्था नगरेसम्म काम गर्न नसक्ने बताउनुभयो ।कर्मचारीहरुले प्रदेशसभा सांसद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म नगरपालिकाको कुनै काम नगर्ने भन्दै कार्यालयको साँचो मेयर कौशलकिशोर यादवलाई बुझाएका छन् ।

जनप्रतिनिधिहरुले यसरी पटकपटक कर्मचारीहरुमाथि दुव्र्यवहार गरेकाले यस्तो कामको  निन्दा गर्दै शुक्रबारबाट सर्लाहीका २० वटै स्थानीय तहमा तीन दिनका लागि काम ठप्प  पारेको स्थानीय तह कर्मचारी संघका सर्लाही अध्यक्ष चित्रबहादुर विकले बताउनुभयो । उनीहरुले दुव्र्यवहार गर्ने सांसद यादवलाई कार्वाही गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीहरुमाथि हुने ज्यादतीको अन्त्य गरिनुपर्ने र कर्मचारीलाई सौहाद्र्रपूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै कर्मचारीहरुको संघर्षको कार्यक्रममा शिक्षकहरुले पनि समर्थन गरेका छन् ।यस अघि पनि  मलंगवा नगरपालिकाका वरिष्ठ ईन्जिनियर राजकपुर महतोलाई वडा अध्यक्षहरुले कुटपिट गरेका थिए । त्यसैगरी नै हरिपुर नगरपालिका कार्यकारी अधिकृत यादव सापकोटालाई पनि  नगरपालिका मेयर ममुरुदिन मंसुरले जबर्जस्ती योजनाको रकम भुक्तानी गर्न लगाएपछि उहाँले नगरपालिकाको काम छाडेर मन्त्रालयमा  हाजिर हुन पुग्नुभएको छ।

मेयर मंसुरले कार्यकर्तालाई  बाड्न   बिना योजना  २७ लाख रुपैयाँ निकासा गरेको र अन्य योजनाहरुमा पनि लागत अनुमान बिना जथाभावी भुक्तानी  गर्न थालेपछि  मेयर र कार्यकारीबीच विवाद बढेको कर्मचारीहरूले बताएका छन। जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐनको बारेमा राम्रोसँग अध्यन नगरेकाले पनि यस्तो  समस्या आउने गरेको कर्मचारीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्