अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या

अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या

५ जेठ  । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् ।

शुक्रबार  ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ ।

घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको केही समयपछि ट्वीट गर्दै आफ्नो प्रतिक्रियामा भनेका छन्, ‘सुरुवाति खबर राम्रो छैन ।’

School shooting in Texas. Early reports not looking good. God bless all!

@realDonaldTrump

We grieve for the terrible loss of life, and send our support and love to everyone affected by this horrible attack in Texas. To the students, families, teachers and personnel at Santa Fe High School – we are with you in this tragic hour, and we will be with you forever...

51.5K

38.5K people are talking about this

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्