आमा–छोरी एउटै कक्षामा

आमा–छोरी एउटै कक्षामा

ओखलढुंगा, ५ जेठ । पढाइलाई उमेरले छेक्दैन भन्ने सन्देश ओखलढुंगाकोे सुनकोशी गाउँपालिका ८ की ३१ वर्षीया हेमकुमारी बस्नेतले  दिनुभएको छ ।उहाँले विद्यालयस्तरको शिक्षा लिन गर्न आफ्नी छोरीसँगै एउटै कक्षामा भर्ना भएर यस्तो सन्देश दिनुभएको हो ।  बस्नेत १३ वर्षीया छोरी दुर्गादेवीसँगै जगतजननी आधारभूत विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभएको हो ।

पढाईलाई उमेरले नछेक्ने भन्दै उहाँले विद्यालयले सञ्चालन गरेको दोस्रो चरणको भर्ना अभियानका क्रममा कक्षा ८ मा भर्ना हुनुभएको विद्यालयले जनाएको छ । ढिलै भए पनि शिक्षाको महत्व बुझेर विद्यालय भर्ना भएको भन्दै उहाँलाई विद्यालयले अबीर लगाएर स्वागत गरेको छ । हेमकुमारी सबैको प्रेरणा बनेकी विद्यालयका शिक्षक राजन ढकालले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्