सुनसरीको रामधुनीमा प्लटिङ जग्गामा निर्माण भएको पर्खाल भत्किंदा बालकले गुमाए ज्यान

<span class='c1'>सुनसरीको रामधुनीमा प्लटिङ जग्गामा निर्माण भएको</span> <span class='c2'>पर्खाल भत्किंदा बालकले गुमाए ज्यान</span>

सुनसरी, जेष्ठ ५ गते।

सुनसरीको रामधुनी नगरपालिका ९ मा प्लटिङ जग्गामा निर्माण भएको पर्खाल भत्किंदा पौडी खेल्न गएका एक बालकको शुक्रबार मृत्यु भएको छ।

रामधुनी नगरपालिका ९ स्थित तित्रिवन चौक नजिकै प्लटिङ जग्गामा निर्माण गरिएको नालीमा पौडी खेल्न गएका दुई बालकलाई पर्खाल भत्किएर थिच्दा एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको छ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका २ बस्ने मोहमद साबिरको १२ वर्षका छोरा मोहमद गुलाब रहेका छन।

उनीसंगै गएका मोहमद जबारका १२ वर्षीय छोरा मोहमद सबराज गम्भीर घाइते भएका छन। घाइते बालकको जिल्ला अस्पतालमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्