ईलाममा एक घरमा सोलार प्यानल सर्ट भई आगलागी, १८ लाखको धनमाल नष्ट

<span class='c1'>ईलाममा एक घरमा सोलार प्यानल सर्ट</span> <span class='c2'>भई आगलागी, १८ लाखको धनमाल नष्ट</span>

ईलाम, जेष्ठ ५ गते।

ईलामको माङसेबुङ गाउँपालिका २ रक्से बस्ने धनजित राईको घरमा शुक्रबार आगलागी भएको छ। आगलागीबाट करिब १८ लाख ५३ हजार ५ सय रुपैया बराबरको धनमाल नष्ट गरेको बताइएको छ।

राईको घरमा दिउँसो कोही नभएको बेला सोलार प्यानल सर्ट भई आगो लागेको हो। आगलागीबाट ढुङा, माटो, काठ र टिनले बनेको दुई तले घर, घरभित्र राखिएको नगद साढे त्रिपन्न हजार रुपैया, अन्नपात, लत्ताकपडा भाडावर्तन र साउण्ड सिस्टम जलेका छन।

आगलागीबाट उनको घरमा राखिएको आकाशे खानेपानी संस्था माङसेबुङको खानेपानीको पाईप लगायतका सामान समेत नष्ट भएका छन। दिउँसो २ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा अपरान्ह १६१५ बजे नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्