सहकारीको साधारण सभामा निःशुल्क स्वास्थ्य परिक्षण देखि पुरस्कृतसम्म

<span class='c1'>सहकारीको साधारण सभामा निःशुल्क</span> <span class='c2'>स्वास्थ्य परिक्षण देखि पुरस्कृतसम्म</span>

विराटनगर ५ जेठ । विराटनगर ८ मा रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छैठौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । बार्षिक उत्सवको अवसरमा समुदायमा घर दैलो तथा अन्तरक्रिया र साँझ दिपावली गरेर मनाएको सहकारीले जनाएको छ ।
यसैविच सहकारीले खुल्ला रक्तदान, मधुमेह र ब्लड ग्रुपको निशुल्क जाँच र अन्य प्रयोगशाला सम्बन्धि जाँचमा ५० प्रतिशत छुट सुविधा सहित स्वास्थ्य सेवा प्रदान गरेको छ ।
सन्चो रेफरेन्स ल्यावोरेटरी एण्ड डाईग्नोष्टिक सेन्टर बिराटनगर १२ को प्राविधिक सहयोगमा संचालित कार्यक्रममा ४० जनाले रक्तदान गरे भने समुदायको ९४ जनाले रगत जाँच गराएका थिए ।
२०६९ जेष्ठ २ गते देखि बचत तथा ऋणको कारोबार गरेको उक्त सहकारी संस्थाले यहि जेष्ठ ३ गते राष्ट्रिय सहकारी बैंक लि.को १४औ वार्षिक साधारणको अवसरमा सक्रिय सहभागीता जनाएको थियो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको सभापतित्व एवम् प्रदेश नम्बर १का मुख्य सचिव सुरेश प्रधानको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त संस्थालाई बिराटनगर शाखाबाट उत्कृष्ट कारोबार गर्ने संस्थाको रुपमा सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्