विरारटनगरमा जारी नाटक उत्सवमा दोस्रो दिन नौवटा नाटक मञ्चन

<span class='c1'>विरारटनगरमा जारी नाटक उत्सवमा दोस्रो</span> <span class='c2'>दिन नौवटा नाटक मञ्चन</span>

विराटनगर, ५ जेष्ठ ।
विद्यालय स्तरीयको नाटक उत्सवको दोस्रो दिन नौ वटा नाटक मञ्चन भएको छ । शनिवार मोरङका नौ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक मञ्चान गरेका हुन् ।
सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय नाटक उत्सव २०७५ को दोस्रो दिन लक्ष्मी माबि लेटाङका विद्यार्थीले ‘म यो झोला बोक्दिन’, मोदर मधुमल्ला स्कुलका विद्यार्थीले ‘सोच’ नाटक मञ्चन गरे ।
त्यस्तै सृजना आधारभूत विद्यालय उर्लाबारीले भेदभाव, क्वेस्ट स्कुल सलकपुरका विद्यार्थीले आखा खुल्यो, पूर्वाञ्चल विद्या सदन विराटनगरका विद्यार्थीेले गीता, भानु मेमोरियल स्कुल रंगेलीका विद्यार्थीले अन्धो समाज नाटक मञ्चन गरेका थिए ।

त्यस्तै स्कलर्स होम सुन्दरहरैचाले अन्धविश्वास, पूर्वाञ्चल एकेडेमी सुन्दर हरैचाले पैसा, र मोर्डन एरा स्कुल विराटनगरका विद्यार्थीले मेरो भगवान नाटक मञ्चन गरेको प्रशिक्षक सुरबी सापकोटाले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्