मनसुन पुर्ब नै बाढीले बस्ती जलमग्न, सप्तरीमा बाढीको समस्या

<span class='c1'>मनसुन पुर्ब नै बाढीले बस्ती</span> <span class='c2'>जलमग्न,  सप्तरीमा बाढीको समस्या</span>

सप्तरी, ६ जेष्ठ ।
मनसुन आउन झण्डै एक महिना भन्दा बढी समय अझै बाँकी नै छ । यद्यपी शुक्रवार राती चुरे क्षेत्रमा भएको सामान्य बर्षासँगै सप्तरीको सुन्दरी खोलामा बाढी आयो । सप्तरीको कन्चनरुप नगरपालिका ३ बरमझिया स्थित दलित बस्तीलाई डुवायो । बाढीका कारण करिब ५० घरधुरी रहेको राम तथा सदा टोलका बासिन्दाको जनजीवन हदैसम्म प्रभावित भएको स्थानीयले जानकारी दिएका छन् । जेष्ठको पहिलो सातामै बाढीले डुवाउला भन्ने सोचेको पनि थिइन स्थानीय बाढी पीडित मन्जुर सदाले भने, बिहान ५ बजेतिर एक्कै पटक ह्वात्तै नदीको बहाव बस्ती तर्फ पसेको थियो । बाँध भत्किएर वा नदी ओभर फ्लो भएर बस्तीमा बाढी पसेको भने हैन । गत बर्ष साउन २८ गतेको बाढीले कटान गरेको सुन्दरी खोलाको तटबन्ध बनाउन नसकिएका कारण समान्य बर्षामै उक्त दलित बस्ती डुवानमा परेको पीडितहरुको गुनासो छ । नदीको पुर्बी तथा पस्चिम तटबन्धमा झण्डै ८ठाउँमा तटबन्ध भत्किएको छ ।All Posts
अर्का बाढी पीडित जागेश्वर सदाले भने, पछिल्लो साउनमै उक्त बाँध भत्किएको हो । यद्यपी उक्त बाँध बनाउन अझै कुनैपनि निकायले काम थाल्न सकेका छैनन् । आफुहरुको समुदायबाट त्यस्तो कुनै प्रभावशाली नेता अगुवा नभएका कारण आफुहरुले पटक पटक आवाज उठाउँदा समेत एक बर्ष अघि भत्किएको नदीको तटबन्ध अझैसम्म मर्मत सम्हार गर्न नसकिएको दलितहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्