ईटहरी, ६ जेष्ठ ।
सुनसरीको ईटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका संचालक बिरुद्ध कार्वाही शुरु गरेकोछ । ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ईटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले ईटहरी स्थीत गणपति होटल लगायतका बिभिन्न होटलबाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो। प्रहरीले ईटहरीको नेशनल गल्लीमा रहेको गणपति होटल लगायत अन्य होटल तथा लजहरुबाट गणपति होटलका संचालक राजकुमार सुबेदी सहितलाई पक्राउ गरेको जनाएको छ ।
ईटहरी आसपासका केही होटल तथा लजहरुमा संचालकहरुले नै यौनकर्मीहरुलाई सम्पर्क गरी अबैध यौनधन्दा चलाएको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पेशेवर यौनकर्मी महिला र ग्राहकलाई मात्र पक्राउ गरी सार्बजनिक अपराध अन्तरगतको मुद्दा लगाउँदै आएको प्रहरीले अब संचालकलाई नै कार्वाहीको प्रक्रियामा लैजाने तयारी थालेको हो । पक्राउ परेका महिला तथा युवतीहरु यस अघिपनि पटक पटक पक्राउ परेको प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु बिरुद्ध सासर्बजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको उनको भनाई छ ।