कुकुरले टोकेपछि खोप नलगाउँदा चारजनाको मृत्यु

कुकुरले टोकेपछि खोप नलगाउँदा चारजनाको मृत्यु

काठमाडौं, जेठ  ६ – कुकुरले टोकेपछि खोप नलगाउँदा वैशाखमा चारजनाको ज्यान गएको छ । रेबिजका कारण चारजनाको ज्यान  गएको हो ।

कुकुरको टोकाइलाई सामान्य रुपमा लिँदा बिरामीको ज्यान गएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । कुकुरको टोकाइपछि बिरामी धेरै ढिलो गरी उपचारमा जाँदा जोखिम हुने उहाँको भनाई छ ।

काठमाडौं उपत्यकासहित धेरै ठाउँमा कुकुरको टोकाइको जोखिम बढेको छ । हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा कुकुरले टोक्ने जोखिम धेरै हुन्छ । तर छाडा कुकुर व्यवस्थापन र खोपसँगै चेतना अभिवृद्धि नहुँदा जोखिम बढ्दै गएको हो ।

सरकारले रेबिज विरुद्ध निःशुल्क खोपको व्यवस्था गरेको छ । तर बेलाबेला खोपको अभाव हुँदा बिरामी आफैँले खरिद गर्नु पर्ने बाध्यता पनि आउने गरेको छ । कुकुरले टोकेपछि जतिसक्दो छिटो रेबिज विरुद्धको खोप लगाउनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्