मदिरा पिउने पैसा नदिएपछि श्रीमतीको हत्या

मदिरा पिउने पैसा नदिएपछि श्रीमतीको हत्या

सिन्धुली, जेठ ५ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् ।

गोलेले खाना पस्कने पन्युले झटारो हान्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो ।

गोलेले सदैव मदिरा सेवन गरी झै-झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् । शुक्रबार दिउँसो घटना भएको प्रहरीले बताएको छ ।

शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न रु २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्