‘१ नं. प्रदेश, किरात प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक

<span class='c1'>‘१ नं. प्रदेश, किरात</span> <span class='c2'>प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक</span>

काठमाडौँ । किराँत राईहरूको संस्था किराँत राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किराँत प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाब अभियानहरू सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिवार किराँत राई विद्यार्थी सङ्घ यलखोम राज्य समन्वय समितिले ‘१ प्रदेश, किराँत प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक गरेको छ ।

यायोख्खाको केन्द्रीय कार्यालय काठमाडौँमा एक कार्यक्रम गरी यायोख्खाका कार्यवाहक अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष दिवस राई लगायत सम्पूर्ण अतिथिहरूबाट सार्वजनिक गरिएको हो । कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन जम्नेले राई, अध्यक्ष विर्सिका राई, सल्लाहकार तथा निवर्तमान महासचिव डेकिन्द्र कुमार राई, किरायाका पूर्व उपाध्यक्ष तथा सल्लाहकार मणि कुमार राई, नेपाल सरकार सहसचिव वीर बहादुर राई, उपसचिव युवराज राई, किराँत राई प्रज्ञा परिषद्का कुलपति जय कुमार राई, किराया काठमाडौँका अध्यक्ष दिलीप बान्तावा राई, समाजसेवी तथा व्यवसायी इन्द्र कुमार राई, किराँत राई युवा सङ्घ अध्यक्ष सञ्जय राई लगायतका व्यक्तित्वहरूको कार्यक्रम उपस्थिति रहेको थियो ।

कार्यक्रममा मनतव्य राख्दै कार्यवाहक अध्यक्ष दिवस राईले प्रदेश नं. १ लाई किराँत प्रदेश नाम राख्न शैयौं अभियान मध्ये विद्यार्थीले चलाएको अभियान प्रभावकारी र प्रंसशानीय भएको बताएको थिए । यसै गरी पूर्वअध्यक्ष अर्जुन जम्नेले राईले किराँत नामाकरणको लागि प्रमुख दलका नेताहरूलाई जानकारी गराइसकेको जानकारी दिए । १ नम्बर प्रदेश भूगोल, सभ्यता र इतिहास भएको जानकारी हुदाहुदै नियत बस किराँत नामकरण नभए उक्त भूगोलमा कडा आन्दोलन चर्किने उनले चेतावनी दिए ।

कार्यक्रममा टि–सर्ट निर्माण सहयोगकर्ता डेकिन्द्र कुमार राईले विद्यार्थीहरूको अभियानमा साथ र समर्थन दिन सहयोग गरेको बताए । सङ्घका निवर्तमान महासचिव समेत रहेका उनले आफू सङ्गठन रहँदा आर्थिक अभावकै कारणले राम्रो कामहरू चाहेर पनि गर्न नसकिएको बताउँदै आर्थिक समृद्धिमा समेत जोड दिए । यसै गरी अध्यक्ष विर्सिका राईले सङ्घका किराँत प्रदेश निर्माणका लागि सङ्घले विभिन्न कार्यक्रमहरू गरिरहेको बताएका थिए ।

कार्यक्रमका संयोजक जितेन राईले अब प्रदेशहरूले गर्न लागेको प्रदेश नामांकनमा १ नं. प्रदेशलाई ‘किराँत प्रदेश’ नामांकनका लागि १०० दिने दबाब आन्दोलनको क्रममा यलखोम राज्य समन्वय समितिले टि–सर्ट सार्वजनिक गरेको जानकारी दिए । उनले किराँत प्रदेशका लागि प्रचार–प्रसार गर्नका लागि टि–सर्ट निर्माण गरिएको बताए ।

यस्तै उनले किराँत प्रदेश’ उल्लेख भएको ठुला–ठुला होडिङ बोर्ड समेत बनाएको जानकारी दिँदै सार्वजनिक कार्यक्रमहरूको राखेर व्यापक प्रचार गरिने उनले बताए । उनले टि–सर्ट निर्माण सहयोग गर्न पारुहाङ आवास कम्पनी लिमिटेडका अध्यक्ष इन्द कुमार राई तथा डेकिन्द्र कुमारलाई सहयोग लागि विशेष धन्यवाद समेत दिए ।

कार्यक्रममा सङ्घ केन्द्रीय सचिव तथा कार्यक्रम सञ्चालक रविन राईले समितिले प्रदेश नं. १ भूमि इतिहासदेखि नै माझ किराँत र पल्लो किराँत भनेर चिनिएको र त्यहाँ निवासी सबै जात जाती र समुदायले गर्व गर्न नाम किराँत भएको बताए । उनले कार्यक्रमको गर्नु औचित्व बारे समेत सुरुमै प्रष्टाएका थिए ।

उनले टि–सर्ट विक्री वितरण लागि नभएको समेत जानकारी दिए । तर कार्यक्रमलाई सहयोगार्थ शुल्क भने लिने बताए । कार्यक्रमपछि सङ्घका अन्तर्गतका ४ इलाकालाई १०–१० वटाका दरले निःशुल्क समेत वितरण गरिएको जानकारी बताए । उक्त टि–सर्ट यही जेठ ७ गते (सोमबार) त्रिभुवन विश्वविद्यालयमा हुन लागेको सकेला सिली कार्यक्रम समेत राखिन्न भएको छ ।

सङ्घले किराँत प्रदेश निर्माणका लागि यसअघि २५ लाख हस्ताक्षर अभियानमा सक्रिय सहभागिता जनाएको थियो । भने प्रदेशका मुख्यमन्त्री शेरधन राई, सभामुख चन्द्र भण्डारी लगायतका नेताहरूलाई ज्ञापन पत्र समेत बुझाइसकेका छन् । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्